National Path Lab

Blog Detail

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?

9 months ago

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?

This article was originally published in OnlineKhabar.

स्वस्थ्य हुनको लागि बेलाबखतमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । किनकि, रोग देखिएपछि होइन, रोग लाग्नुअघि नै शरीरको अवस्था बुझ्नु नै बुद्धिमानी हो ।

सम्भवत अहिले अधिकांशलाई थाहा भएको कुरा हो । र, थाहा भएर पनि धेरैले नियमित जाँच गराउन सकिरहेका छैनन् ।

त्यसको कारण एउटै नहुनसक्छ ।

कोही अफिस र घरको व्यस्ततामा प्रयोगशालासम्म पुग्न भ्याउँदैनन्, कोही शारीरिक अशक्तता, वृद्ध अवस्था वा रोगका कारण घरबाट बाहिर निस्कन सक्दैनन्। कसैलाई भीडभाडमा बस्न मन लाग्दैन, त कसैलाई संक्रमणको डर हुन्छ ।

कोही अफिस र घरको व्यस्ततामा प्रयोगशालासम्म पुग्न भ्याउँदैनन्, कोही शारीरिक अशक्तता, वृद्ध अवस्था वा रोगका कारण घरबाट बाहिर निस्कन सक्दैनन्। कसैलाई भीडभाडमा बस्न मन लाग्दैन, त कसैलाई संक्रमणको डर हुन्छ।

इच्छा हुँदाहुँदै प्रयोगशाला जान नभ्याउने र जान सम्भव नहुनेहरुको लागि पनि विकल्प बनेर आएको छ, होम कलेक्सन सेवा ।

‘होम कलेक्सन’ कस्तो सेवा ?

होम कलेक्सन सेवा भनेको तालिम प्राप्त स्वास्थ्यकर्मीे ‘फेलेबोटोमिस्ट’ले तपाईंको घरमै पुगेर रगत, पिसाब, स्वाब वा अन्य आवश्यक नमुना संकलन गर्ने र ती नमुनालाई वैज्ञानिक तरिकाले प्रयोगशालामा पुर्‍याएर परीक्षण गर्ने प्रक्रिया हो ।

यो सेवा लिन फोन वा अनलाइन बुकिङ गरे पछि निर्धारित समयमा प्राविधिक घरमै आइपुग्छन् र आरामदायी वातावरणमा नमुना संकलन गर्छन् ।

यो सुविधा विशेषगरी व्यस्त युवाहरू, अफिस जानेहरु, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र बालबालिकाका लागि वरदान साबित भएको छ । अहिले नेपालका धेरै अग्रणी प्रयोगशालाहरुले घरमै नमुना संकलनलाई प्रयोगशालाभित्रकै मापदण्डअनुसार संचालन गरिरहेका छन् ।

यो सेवा कोभिड–१९ महामारी पछि मानिसहरूको स्वास्थ्यप्रति सचेतना बढेको पाइन्छ र घरमै सेवा लिने बानी पनि बढेको पाइन्छ । थोरै समय अघि संचालनमा आएको यो सोवा लोक प्रिय बन्दै गइरहेको छ ।

किन लोकप्रिय बन्दैछ ?

घरमै नमुना संकलनका धेरै फाइदाहरू छन् ।

समयको बचत

सबैभन्दा ठूलो फाइदा समयको बचत हो । बिहानको व्यस्त समयमा ल्याब जानुकोसट्टा घरमै बसेर जाँच गराउन सकिन्छ ।

सुविधा र सहजता

आफ्नै घरको शान्त वातावरणमा नमुना दिँदा मानसिक तनाव पनि कम हुन्छ, जसले नतिजालाई थप विश्वसनीय बनाउँछ । वृद्धहरू र दीर्घरोगीहरूलाई घरबाट बाहिर निस्कन गाह्रो हुने भएकाले यो सेवा उनीहरूका लागि विशेष राहत बनेको छ ।

संक्रमणको जोखिम कम

भीडभाडमा नजाँदा संक्रमणको जोखिम निकै कम हुन्छ । साथै, रिपोर्ट पनि अनलाइन वा घरमै डेलिभरी हुने सुविधाले झनै सहजता थपेको छ ।

त्यसोभए, के घरमा संकलित नमुनाको रिपोर्ट ल्याबमा गएर दिएको जत्तिकै विश्वसनीय र भरपर्दो हुन्छ ? .

हो, सामान्यतया दक्ष रगत निकाल्ने प्राविधिक र सेवा मान्यता प्राप्त र गुणस्तरयुक्त प्रयोगशालामा नमुना जाँदैछ भने यो प्रक्रिया पूर्ण रुपमा सुरक्षित हुन्छ ।

राम्रो वातावरणमा उत्कृष्ट नतिजा

घरमै नमुना संकलन गर्दा आरामले नमूना दिन सकिन्छ । विशेषत बालबालिका र सुईंसँग डराउने व्यक्ति पनि मानसिक रुपमा बढी शान्त रहन्छन् ।

रिर्पोटको विश्वसनियता

नमुना संकलन घरमा होस्‌ या ल्याबमा । यदि सही प्रक्रिया अपनाइएको छ भने रिर्पोटको नतिजा राम्रो हुन्छ ।

तापक्रम व्यवस्थापन

संकलन गरिएको नमुनाको गुणस्तर जोगाइराख्न त्यसलाई प्रयोगशालासम्म पुर्‍याउँदा निश्चित र उपयुक्त तापक्रम कायम राख्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । तापक्रम बिग्रिएमा नमुनामा रहेका सूक्ष्म जीव, कोष वा रसायनिक तत्वहरू नष्ट हुनसक्छन्, जसले परीक्षणको नतिजा गलत देखिन सक्छ ।

त्यसैले, नमुना ओसारपोसार गर्दा प्राविधिकले भ्याक्सिन केरियर वा आइस ब्याग अनिवार्य रूपमा प्रयोग गरिएको हुन्छ ।

सुरक्षा र गुणस्तर कसरी सुनिश्चित हुन्छ ?

प्रशिक्षित र प्रमाणित स्वास्थ्यकर्मी

नमुना संकलन गर्ने व्यक्ति तालिम प्राप्त, अनुभवी र प्रयोगशालाको मापदण्डअनुसार प्रमाणित गरिएको हुन्छ, जसले गर्दा सहि तरिकाले नमुना संकलन गरिने भएकोले रिपोर्टकोको गुणस्तर कायम रहन्छ ।

सुरक्षित तथा तापक्रम–नियन्त्रित नमुना ढुवानी

नमुना संकलनपछि आवश्यक तापक्रम कायम गर्दै निश्चित समयभित्र प्रयोगशालामा पुर्‍याइन्छ । त्यसले नमुनाको गुणस्तरको सुनिश्चित गर्छ । ढुवानीका क्रममा लिक–प्रुफ र बायो–सेफ कन्टेनरको प्रयोग हुन्छ र नमुना निश्चित समयभित्र प्रयोगशालामा पुग्छ ।

बारकोड लेबलिङ

नमुना संकलन गर्दा बिरामीको नाम, उमेर, लिङ्ग, संकलन समय र रजिस्ट्रेशन नम्बर स्पष्ट रूपमा बारकोड लेबल गरिन्छ, जसले नमुना साटिने वा रिपोर्ट गलत हुने जोखिमलाई शून्य बनाउँछ ।

संक्रमण नियन्त्रण र बायो–सेफ्टी

नमुना संकलनका क्रममा स्वास्थ्यकर्मीले डिस्पोजेबल पञ्जा, मास्क र आवश्यक पीपीई प्रयोग गरिन्छ । सुई, सिरिन्ज र स्वाब पूर्ण रूपमा नयाँ र स्टेराइल हुन्छ, र प्रयोगपछि फोहोरको सुरक्षित व्यवस्थापन अनिवार्य रुपमा गरिएको हुन्छ ।
परीक्षण मान्यता प्राप्त प्रयोगशालाबाटै गरिन्छ ।

प्रयोगशालाद्धारा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड जस्तै एनपीएचएल गाइडलाइन्स वा आईएसओ १५१८९ को पालना गरिएको हुन्छ । मान्यता प्राप्त प्रयोगशालाहरूमा आन्तरिक र बाह्य गुणस्तर जाँच प्रणाली हुन्छ जसले हरेक रिपोर्ट सही आउने सुनिश्चित गर्छ ।

के कस्ता परीक्षण घरमै हुनसक्छ ?

यो सेवाबाट लगभग सबै सामान्य र उन्नत परीक्षणहरू गर्न सकिन्छ ।

जस्तो की,

सामान्य परीक्षण —  सीबीसी, लिभर–किड्नी फङ्क्‌सन, लिपिड प्रोफाइल

मधुमेह र दीर्घ रोग परीक्षण —  ग्लुकोज, एचबीएवानसी, आरएफटी र एलएफटी

संक्रमण —  डेंगु परीक्षण, हेपटाइिटिस, एचआइभी ।

गर्भावस्था सम्बन्धी परीक्षण —  डुअल टेस्ट, क्वाड्रुपल टेस्ट, एनआईपीटी –नन–इनभेसिभ प्रिनेटल टेस्टिङ

उन्नत परीक्षण

जेनेटिक परीक्षण – वंशाणुगत समस्या पहिचान, हर्मोन परीक्षण र हर्मोन सन्तुलन जाँच ।

प्रिभेन्टिभ हेल्थ चेक–अप प्याकेज – रोगको प्रारम्भिक अवस्थामा नै पहिचान गर्नका लागि गरिने सम्पूर्ण स्वास्थ्य उपलब्ध हुनसक्छ ।

घरमा गर्न नसकिने केही परीक्षण

—  शरीरभित्रबाट तन्तु निकाल्न पर्ने परीक्षण जस्तै, बायोप्सी (एफएनएसी, कोर बायोप्सी, एक्सिजियन बायोप्सी, बोन म्यारो परीक्षण एस्पिरेसन ।

— तत्काल प्रोसेसिङ चाहिने परीक्षण जस्तै आर्टेरियल ब्लड ग्याँस(एबीजी), एमोनिया र ल्याक्टेट परीक्षण ।

—  कल्चर र संवेदनशील माइक्रोबायोलोजी टेस्ट जस्ता विशेष केसहरु पनि घरमा गर्न मिल्दैन, जसमा सीएसएफ कल्चर तथा बडी फ्लूइड जस्तै प्लुरल, असाईटिक, साइनोभियल फ्लूइडको कल्चर पर्छन् ।

—  कार्डियाक मार्कर (ट्रोपोनिन) र गम्भीर बिरामीहरूमा इलेक्ट्रोलाइट्स परीक्षण र रगतमा (क्लट) भएको शंका भएमा गरिने डी–डाइमर परीक्षण घरमा गर्न सम्भव हुँदैन ।

केही सावधानी जरुरी

— अत्यन्त जटिल वा आकस्मिक अवस्थामा तुरुन्त अस्पताल जानु उपयुक्त हुन्छ ।

— दर्ता नभएका वा अत्यन्त सस्तो सेवा दिने संस्थाप्रति सतर्क रहनुपर्छ ।

— बिल, रसीद र सम्पर्क विवरण अनिवार्य रूपमा लिनुपर्छ ।

होम कलेक्सन सेवामा प्रयोगशालाद्वारा यी सबै मापदण्ड तथा प्रक्रियाहरु पुरा गरिने भएकाले होम कलेक्सन सेवा बाट दिइने प्रयोगशाला सेवा गुणस्तरीय तथा भरपर्दो हुन्छ ।

Related Blog

Popular Tests

COMPLETE BLOOD COUNT

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 500

RENAL FUNCTION TEST

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLUCOSE FASTING

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 50

LIVER FUNCTION TEST PANEL 1

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

LIPID PROFILE

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

THYROID PROFILE FREE

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLYCOSYLATED HEMOGLOBIN; HBA1C

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLUCOSE, RANDOM

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 50

Popular Packages

NPL VITAL CARE HEALTH CHECKUP PACKAGE

Test Includes
15 Tests

Rs. 6000

NPL COMPREHENSIVE HEALTH CHECKUP PACKAGE

Test Includes
12 Tests

Rs. 3000

NPL GENERAL HEALTH CHECKUP PACKAGE

Test Includes
11 Tests

Rs. 2000

DIABETES SCREENING PACKAGE

Test Includes
12 Tests

Rs. 3500

NPL LONGEVITY & WELLNESS PACKAGE

Test Includes
15 Tests

Rs. 12000

NPL PLATINUM HEALTH CHECK UP PACKAGE (FEMALE)

Test Includes
15 Tests

Rs. 7500

NPL PLATINUM HEALTH CHECKUP PACKAGE (MALE)

Test Includes
16 Tests

Rs. 8500

CORPORATE BASIC HEALTH CHECKUP PACKAGE

Test Includes
11 Tests

Rs. 2500